Wednesday December 19, 2018 |

कोसी टप्पु आरक्षमा बजेट अभाव

featured-news

मंसिर १३, सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षमा संरक्षणको समस्या देखिएको छ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा रहेको कोसी टप्पु आरक्षमा बजेट र अन्य कारणले संरक्षणमा समस्या देखिएको स्थनीय सरोकारवाले बताएका छन ।
आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको हो । तीन जिल्लामा फैलिएर रहेको आरक्षको संरक्षणमा सप्तरी, उदयपुर र सुनसरीका मध्यवर्ती क्षेत्रका जनताको पहल र प्रयास आवश्यक भए पनि त्यसमा समन्वयको अभावले आरक्षको संरक्षणमा समस्या देखिएको स्थानीय संरक्षणकर्मी राजकुमार सिंहले बताउनुभयो । आरक्षको संरक्षणमा सरकारी बजेट अभाव र आरक्षका संरक्षण अधिकृतको कमजोरीको कारणले समस्या देखिएको सिंहको भनाइ छ ।
आरक्षमा संरक्षित वन्यजन्तुको संरक्षण तथा बासस्थानको व्यवस्थापन, घरेलु तथा छाडा चरिचरण र प्रचारप्रसार अभावका कारणले आरक्षको संरक्षणमा ठूलो समस्या रहेको कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ रहेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon