Thursday December 13, 2018 |

उपराष्ट्रपति विशेष समारोहमा

featured-news

काठमाडौँ, २० वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन फिनल्याण्डको १०१औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी भएका छन् ।

नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कलाकार, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत आन्तिनेनले नेपालको सामाजिक–आर्थिक विकासमा आफ्नो देशले सक्दो सहयोग गरिरहेको बताए । उनले शिक्षा, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइका क्षेत्रमा फिनिस सहयोग केन्द्रित रहेको बताउँदै आफ्नो देशका गैरसरकारी संस्थाले प्रभाकारी रुपमा काम गरेकामा त्यसको सराहना गरे । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon