Friday October 19, 2018 |

एशियाली खेलकूदका लागि कुस्ती खेलाडी छनोट

featured-news

काठमाडौँ, २७ वैशाख । सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिएको जानकारी अनुसार तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका छन् । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon