Thursday December 13, 2018 |

आर्मी र एपिएफ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइलनमा

featured-news

काठमाडौँ, १० मङ्सिर । सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् । खेलको ३५औँ मिनेटमा सावित्राले अनिताको पासमा गोल गरिन् । त्यस्तै खेलको ६९औँ मिनेटमा अनिताले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
त्यसको एक मिनेटपछि नै एपिएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजीक हातले बल छोएपछि सिधै रातो कार्ड पाइन् । पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै ३–० को जीत दिलाइन् । आजै भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं २ लाई ४–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल खेल यही मङ्सिर १२ गते हुनेछ ।

पारा तेक्वान्दो टोली भारततर्फ

प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली आज भारतको देहरादुन प्रस्थान गरेको छ ।

यही मङ्सिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द थापा, सोमबहादुर सुनुवार, दीपेश महत र विक्रम श्रेष्ठले आ–आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोवद्र्धन र रञ्जना धामीले भाग लिनेछन् ।

टोली नेतामा नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानबहादुर चन्द, व्यवस्थापकमा तेक्वान्दो सङ्घका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा भारत गएका छन् । टोलीलाई नेपाल तेक्वान्दो सङ्घका कार्यवाहक अध्यक्ष सञ्जीव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले आज बिदाइ गरे । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon