Sunday October 21, 2018 |

संशोधनका लागि काँग्रेसले छलफल गर्ने

featured-news

मंसिर १३, काठमाडौँ । नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, मधेस केन्द्रित दललगायतका दलहरूसँग थप छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलमा सोमबार दिउँसो बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अन्य दलसँग आवश्यक छलफल गरी संविधान संशोधनको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले संविधान संशोधनको मस्यौदा प्रस्तावबारे जानकारी गराउनुभएको थियो ।

संशोधनको मस्यौदाका सम्बन्धमा बृहत् रूपमा छलफल भएको उक्त बैठकमा खासगरी सीमांकनमा चर्काचर्की बहस भएको बैठकमा सहभागी नेताले बताएका छन् । सीमांकनका सम्बन्धमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला झिकेर छिमेकी प्रदेशमा गाभ्ने प्रस्तावमा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेताले विरोध गर्नुभएको काँग्रेस नेत्री पुष्पा भुषालले जानकारी दिइन । नेता डा रामशसरण महतले सरकारले अन्तिम रूपको संशोधनको प्रस्ताव ल्याएपछि त्यसमाथि थप छलफल गरी आवश्यक निर्णय लिने बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon