Thursday December 13, 2018 |

एएफसी कपको खेल तालिका सार्वजनिक

featured-news

काठमाडौँ, ६ मङ्सिर । एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ ।

एएफसी कपमा एशियाका ३६ क्लबले भाग लिनेछन् । नेपालको तर्फबाट हाल काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता एएफसी कपमा सहभागी हुनेछ । खेल तालिका अनुसार नेपाल समूह इ मा परेको छ । उक्त समूहमा भारतको मिनेर्भा पञ्जाब र बङ्गलादेशको लिगमा च्याम्पियन बन्ने क्लब रहनेछ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon