Thursday December 13, 2018 |

फोर जी टेन्डर प्रकरणमा पूर्वमन्त्री बस्नेतको नाम अघि सारेर अर्बौं घोटाला गर्ने राजभण्डारी र ठाकुरको दाउ विफल, अब नयाँं ढँंगबाट नयाँं सरकारलाई अल्मलाएर अनियमितता गर्ने योजना बनाउन व्यस्त भएको आरोप

featured-news

काठमाडौँ, ६ फागुन । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्रबन्ध निर्देशक पदमा नियुक्ति पाउन गरेको कबोल बमोजिमका लक्ष्यका प्रत्येक बुँंदा माइनसमा गएको हालैको त्रैमासिक प्रतिवेदनमा खुलासा भएको टेलिकम उच्च स्रोतले बताएको छ । केही महिनाअघिसम्म बैंक मौज्दातमा बढेको ब्याज दरमा वृद्धि हुँंदा देखिएको नाफासमेत अहिले माइनसमा गएको स्रोतको दाबी छ । 
वित्तीय सूचकहरुको अवस्था दयनीय बन्दै गएको छ । कार्य सञ्चालन आयमा बृद्धिको अवस्था, खुद मुनाफामा बृृद्धि, सम्पत्तिको प्रतिफलमा बृद्धि, प्रतिशेयर आयमा बृद्धि र ग्राहक संख्यामा बृद्धि सबै माइनसमा छन् । सबै बुँंदाको समग्रमा पाँंच दशमलब ६ प्रतिशतले टेलिकम घाटामा गएको स्रोतले खुलासा गरेको छ । तर राजभण्डारीले उच्च निकायमा गलत तथ्यांक पेस गर्दै टेलिकम नाफामा गएको दाबी गर्ने गरेको स्रोतले बताएको छ । टेलिकमको आर्थिक कारोबारको टेक्निकल अडिट गरिएमा राजभण्डारीका सबै अनियमितता भण्डाफोर हुने स्रोतको दाबी छ । नेपाल टेलिकमको धारा ९क अनुसार प्रबन्ध निर्देशक पदमा नियुक्ति हुँदा गरेको कबोल बमोजिम लक्ष्य अनुसारको प्रगति नगर्नेलाई नियुक्त गर्ने पदाधिकारीले पदबाट हटाउनुपर्ने व्यवस्था छ तर राजभण्डारीले नियुक्ति पाउनका लागि प्रस्तुत गरेको लक्ष्यका प्रत्येक बुँदा माइनसमा छ र टेलिकमको पूरै कोर बिजनेस चौपट अवस्थामा छ । अहिले टेलिकमको शेयरमा पनि गिरावट आएको स्रोतले बताएको छ । राजभण्डारीको असक्षमतालाई पूर्व संसदको सार्वजनिक लेखा समितिले प्रष्ट गरी सक्दा पनि टेलिकमको विनियम अनुसार उनलाई पदबाट नहटाइनुको रहस्य के हो ? टेलिकमकै इमानदार कर्मचारी आश्चर्यपूर्ण प्रश्न गर्छन् ।
यसैबीच, शेर बहादुर देउवा सरकार सत्ताबाट हटेर केपी ओली सरकार गठन भएपछि फोर जीको एलटीइ–३ ओपन टेन्डर स्वीकृत गर्ने प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको नाम अघि सारेर अर्बौं रुपैयाँं घोटाला गर्ने प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको दाउ हाललाई विफल भएको स्रोतले बताएको छ । हुन त यसै निहुँंमा राजभण्डारी र ठाकुरले सप्लायरहरुसँंग पटकपटक ठूलो रकम संकलन गरेको स्रोतको दाबी छ । अब यी दुवैजना नयाँं ढँंगबाट फोर जीको एलटीइ–३ ओपन टेन्डर स्वीकृत गर्ने प्रकरणमा नयाँं सरकारलाई अल्मलाएर अर्बौं अनियमितता गर्ने योजना बनाउन व्यस्त भएको टेलिकमका इमानदार कर्मचारीको आरोप छ । 
फोर जी टेन्डरको मूल्यांकन प्रस्तुत गर्न गठित समितिका पदाधिकारीहरुमाथि राजभण्डारी र ठाकुरले चर्को दबाब र धम्की दिए पनि उनीहरुको दबाबमा परी मूल्यांकन प्रस्तुत गरेमा भावी सरकार तथा टेलिकमको नयाँं व्यवस्थापनले आफूहरुलाई जेल पठाउने निश्चित ठानेर त्यस्तो काम नगरेको सो समितिकै एक पदाधिकारीले नाम नखुलाउने शर्तमा बताए । पूर्वमन्त्री बस्नेत पदबाट हट्नुपूर्व नै मूल्यांकन प्रस्तुत गराउन समितिका पदाधिकारीको खाजा, नास्ता र भत्ताका नाममा दिनहुँं करिब एक लाख खर्च गरिएको ती पदाधिकारीको भनाइ छ । उनले बताएअनुसार आगामी फागुन पहिलो सातामै नयाँं सरकार गठन हुने निश्चित भएको र त्यसपछि आफूहरु पनि पदमा नरहने भएकोले त्यसपूर्व नै फोर जी टेन्डरमा अर्बौं अनियमितता गर्ने चाँंजोपाँंजो राजभण्डारी र ठाकुरले मिलाएका थिए । स्रोतका अनुसार, हुवावेबाट तीन अर्ब पच्चीस करोड रुपैयाँंमा देशव्यापी फोर जी सेवा उपलब्ध गराउने प्रस्ताव आइसकेको अवस्थामा यसका लागि पच्चीस वा एकतीस अर्ब खर्चको मूल्यांकन विवरण प्रस्तुत गरिए समितिका पदाधिकारी त भ्रष्टाचारमा फस्छन् नै उता टेलिकम पूरै टाट पल्टनेछ । किनभने फोर जी सेवा सुचारु गर्न कम्तीमा दुई वर्ष लाग्छ र तबसम्म फाइभ जी सेवा सुरु भइसक्नेछ । त्यसपछि फोर जीमा गरिएको लगानी उठ्नै नसक्ने टेलिकमकै विज्ञहरुको भनाइ छ । तर यो वास्तविकता बुझेर पनि राजभण्डारी र ठाकुरले मूल्यांकन समितिका पदाधिकारीमाथि फोर जीका नाममा पच्चीसदेखि एकतीस अर्ब खर्चको वातावरण बनाउन चर्को दबाब दिइरहेको स्रोतको भनाइ छ । 
राजभण्डारीको फोर जी घोटाला प्रयासलाई बुझेर नै सबै डीएमडीले राजभण्डारीको साथ छाडिसकेको स्रोतले खुलासा गरेको छ । स्रोतका अनुसार टेलिकममा यस्तो आन्तरिक अविश्वास र अस्तव्यस्तता टेलिकमको इतिहासमा कहिल्यै थिएन । टेलिकमका इमानदार कर्मचारीहरुले राजभण्डारीलाई टेलिकमको इतिहासकै सर्वाधिक असक्षम प्रबन्धनिर्देशक रहेको बताएका छन् । यसकै परिणाम स्वरुप टेलिकमका सेवाको स्तर खस्किंदै गएर एनसेलले टेलिकमका सेवाग्राहीलाई निरन्तर तानिरहेको छ । 
उपरोक्त समाचारका सम्बन्धमा राजभण्डारी र ठाकुरसँंग पनि जानकारी लिन पूरा समाचार डट कमले फेरि पनि सम्पर्क राख्न गरेको प्रयास सफल हुन सकेन । पूरा समाचार डट कमको नेपाल टेलिकम वा त्यहाँका कुनै पनि पदाधिकारीसँग कुनै आग्रह–पूर्वाग्रह छैन । तर त्यहाँं भइरहेका र हुने आर्थिक अनियमितताबारे खुलासा गर्न यस अनलाइनले नजिकबाट अध्ययन अनुसन्धान र विश्वस्त स्रोतबाट खोजी पत्रकारिता जारी राखेको छ । नेपाल टेलिकम देशको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्छ तर राजभण्डारी र ठाकुरका अनियमिताका कारण यो धराशायी बन्दै गएको बारे हाम्रो विश्वस्त स्रोतले निरन्तर खुलासा गर्दै आएको छ । नेपाल टेलिकमलाई ध्वस्त बनाउने गतिविधि टुलुटुलु हेर्न नमिल्ने कुरा आत्मसात गरेर पूरा समाचार डट कमले विश्वस्त स्रोतबाट प्राप्त समाचार सम्प्रेषण गरिरहेको मात्र हो । टेलिकममा सर्वसाधारणका रगत–पसिना बगाएर कमाइ गरेको अर्बौं रकम रकममा ब्रम्हलुट गर्नेको भण्डाफोर गर्न हामी हर समय तत्पर छौं, यसमा कुनै पनि चुनौती आए पनि पूरा समाचार डट कम पछाडि हट्ने छैन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon