Thursday June 20, 2019 |

ज्वरो र टाइफाइडका बिरामी बढे

featured-news

 

दमौली, ३ साउन । केही दिनयतादेखि तनहुँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिएकी छन् ।

एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उनले गरिन् । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी पठाउने गरिएको डा शर्माले बताइन् ।

दैनिक ७०–८० जना बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि ४०–५० जना बिरामी उपचारका लागि मुस्किलले आउँथे । बिरामीलाई खानपिन, व्यायाम र सरसफाइमा ध्यान दिन सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon