Wednesday August 22, 2018 |

दलाल र भ्रष्टले जाँंदाजाँंदै फोर जीको नाममा अर्बौं रुपैयाँं घोटाला गर्ने र टेलिकमलाई धराशायी बनाउने चाँंजोपाँंजो कसरी मिलाइरहेका छन् टेलिकमकै इमानदार कर्मचारीहरुबाट भण्डाफोर

featured-news

काठमाडौँ, ५ माघ । सरकारी स्वामित्वको नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरले चौथो पुस्ताको मोबाइल नेटवर्क फोर जीका नाममा अर्बौं रुपैयाँं घोटाला गर्ने र टेलिकमलाई धराशायी बनाउने चाँंजोपाँंजो कसरी मिलाइरहेका छन् त्यसको भण्डाफोर टेलिकमकै इमानदार कर्मचारीहरुले गरेका छन् । उनीहरुका अनुसार डाटा सेवा सुरु भएपछि नेपाल टेलिकमको आम्दानी ११ प्रतिशतले वृद्धि भएको छ भने निजी सञ्चार सेवा प्रदायक एनसेलको आम्दानी ७० प्रतिशतले बढेको स्रोतको दाबी छ । यसो हुनुमा राजभण्डारी र ठाकुरजस्ताको भ्रष्ट पवृति जिम्मेवार भएको टेलिकमकै इमानदार कर्मचारीको आरोप छ ।
टेलिकमलाई टाटपल्टाउन राजभण्डारी र ठाकुर कसरी लागिपरेका छन् त्यसको ज्वलन्त उदाहरण अहिलेको फोर जीको टेन्डर बनेको छ । टेलिकमको उच्च स्रोतका अनुसार फोर जीको एलटीइ–३ ओपन टेन्डरमध्ये हालै खोलिएका टेण्डरमा आएका प्रस्तावले राजभण्डारी र ठाकुरको अर्बौं घोटालाको दाउ छर्लङ पारेको छ । चिनियाँं कम्पनी हुवावेले आफ्नो टेण्डरमा तीन अर्ब पच्चीस करोडमै देशव्यापी रुपमै फोर जी सेवा विस्तार गर्ने स्पष्ट प्रस्ताव राखेको स्रोतले खुलासा गरेको छ । उता, निजी सञ्चार सेवा प्रदायक एनसेलले यसअघि नै करिब चार अर्ब खर्चेर देशव्यापी रुपमै फोर जी सेवा विस्तार गरेर धमाधम बजार कब्जा गरिरहेको एनसेल उच्च स्रोतले बताएको छ । यसरी चारपाँंच अर्बमा सम्पन्न हुने फोर जी नेटवर्क विस्तारका लागि पच्चीस वा एकतीस अर्ब खर्च गरेर टेलिकमलाई धराशायी बनाउन राजभण्डारी र ठाकुर लागिपर्नु आर्थिक घोटालाको दाउबाहेक अरु के हो ! टेलिकमका इमानदार कर्मचारीको भनाइ छ । टेलिकम स्रोतका अनुसार राजभण्डारी र ठाकुरको यस योजनामा मन्त्रालय र अख्तियारका केही उच्च पदाधिकारी भागबन्डा पाउने गरी सहमत भएकाले विभिन्न बहानामा टेन्डरलाई गञ्जागोल पार्ने प्रयास भइरहेको छ । स्रोतका अनुसार सो टेन्डरमा नोकिया नेटवर्क, जेडटीइ, अल्काटेल, माभिनियर, सिटियसजस्ता प्रतिष्ठित कम्पनीहरुले प्रतिस्पर्धा गर्न खोजे पनि लागत अनुमान अर्थात करिब ३१ अर्बमै सो कार्य हुवावे अथवा जसबाट आफूहरुलाई खोजे जति कमिशन प्राप्त हुन्छ त्यही कम्पनीलाई दिने चाँंजोपाँंजो राजभण्डारी र ठाकुरले मिलाइरहेका छन् । युरोपेली कम्पनीहरुले क्रिसमस र नयाँं वर्ष परेकाले त्यस अवधिमा बिदाका कारण टेन्डर प्रक्रियाका लागि काम गर्न आफूहरुलाई अप्ठ्यारो पर्ने भएको हुँंदा टेण्डरको समयसीमा बढाउन आग्रह गरेकोमा राजभण्डारी र ठाकुरले उनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्न सो आग्रहलाई बेवास्ता गरेको स्रोतको आरोप छ । यस सम्बन्धमा असहमति जनाउँंदै एक टेन्डरदाताले विभिन्न निकायमा मुद्दासमेत गरिसकेको स्रोतले बताएको छ ।
टेलिकम उच्च स्रोतका अनुसार यस टेन्डरमा भ्रष्टाचारको पराकाष्ठा तब देखियो जब टेन्डरको मूल्यांकन समितिलाई चाँंडोभन्दा चाँंडो राजभण्डारी र ठाकुरले चाहे अनुसारको प्रतिवेदन दिन दबाब दिइयो । दुई समूहमा गठित यी समितिको एउटा समूहमा प्रदीप ठाकुर, प्रेम गुरुङ, अमूल प्रधान, सञ्जय शाक्य, नीरज राजवंशी, मुनिष आचार्य, सरोज लाल, निमिष पाण्डे, प्रतिभा कार्की, किरन महर्जन, सुमिता थापा, मुकेश श्रेष्ठ, सुबिन श्रेष्ठ र अनुप रेग्मी रहेका छन् । यसैगरी अर्को समूहमा नरेशकाजी शाक्य, राजेन्द्र श्रेष्ठ, देवेन्द्र खतिवडा, अनन्त मल्लिक, राजेन्द्र महर्जन, चिन्मयानन्द, प्रेम क्षेत्री, शेर बहादुर श्रेष्ठ, सुजन श्रेष्ठ, शिवराम टुइटुइ, मीनू प्रधान, गंगासागर मतिन्छे, शोभन अधिकारी, मिलन श्रेष्ठ, निर्जल श्रेष्ठ, परमात्मा भट्टराई, सुसन श्रेष्ठ, सुनील कर्ण, नरेन्द्र चेमू श्रेष्ठ, हरि पौडेल, कृष्ण फेलू, किरण महर्जन, कबिन श्रेष्ठ, र सुरेन्द्र कर्माचार्य रहेका छन् । यी दुवै समूहका प्रमुखमा एउटाका प्रमुखमा सिद्धप्रताप भारती रहेका छन् भने अर्को समूहका प्रमुख प्रदीप उपाध्याय रहेका छन् । यी दुवै समूहमा प्रबन्धक प्रदीप ठाकुरबाहेक सबै प्रमुख र सदस्य टेलिकमलाई जसरी भए पनि जोगाउन लागिपरेका इमानदार पदाधिकारी रहेको टेलिकम कर्मचारीको भनाइ छ । तर राजभण्डारी र ठाकुरले यी सबैमाथि दबाब दिई टेन्डरको मूल्यांकन आफूले चाहे जस्तो र चाँंडोभन्दा चाँंडो हचुवाका भरमा गराउन प्रयास गरिरहेको स्रोतले खुलासा गरेको छ । 
उता, अब ठाकुरको जागिर अवधि अब केही सातामात्र बाँंकी रहेको हुँंदा राजभण्डारीले बढीभन्दा बढी कमिशन उपलब्ध गराउन सक्ने दलाल पवृतिका अर्का ठाकुर सर्वज्ञकाजी कंसाकारलाई अगाडि ल्याएको टेलिकमका इमानदार कर्मचारीहरुको भनाइ छ । कंसाकारले जुनसुकै कार्यका लागि घटी रकम प्रस्ताव गर्ने कम्पनीलाई पाखा लगाएर बढी रकम दिन सक्ने दोस्रो तेस्रो नम्बरको कम्पनीलाई काम दिलाई राजभण्डारीसँंग कमिशनको भागबन्डा गर्न सुरु गरिसकेको स्रोतको भनाइ छ । निकट भविष्यमा गठन हुने नयाँं सरकार तथा नयाँं व्यवस्थापनले राजभण्डारी र कंसाकारका प्रत्येक कार्यमाथि अहिलेदेखि नै सूक्ष्म निगरानी राख्नुपर्नेमा टेलिकमका इमानदार कर्मचारीको जोड छ ।
टेन्डर नं एनडी सी एल सीटीओ आइसीबी ०१–०७४–७५ र टेन्डर नं एनडी सी एल सीटीओ आइसीबी ०२–०७४–७५ तथा ०३ मा प्रस्तावक कम्पनीहरुले प्रस्ताव गरेका रकम र त्यसमा राजभण्डारी तथा ठाकुरले गरिरहेको घोटाला आफैं स्पष्ट छ । टेन्डर ०१ को लागत अनुमान ४ अर्ब छ । इसमा जेडटीइले १ अर्ब ६० करोेड प्रस्ताव गरेको छ भने हुवावेले ३.८० अर्ब प्रस्ताव गरे पनि अर्को प्रस्तावमा पहिल्यैदेखि प्रयोग गरिरहेका उपकरण प्रयोग गर्न पाएमा कुल ९० करोडमा उक्त कार्य गर्ने प्रस्तावसमेत प्रस्तुत गरेको स्रोतले खुलासा गरेको छ । 
यसैगरी टेन्डर नं ०२ र ०३ मा जेडटीइले १६ अर्ब ६० करोेड प्रस्ताव गरेको छ भने हुवावेले १६ अर्ब प्रस्ताव गरेका छन् । यहाँं सबैभन्दा विचारणीय यथार्थ के छ भने चिनियाँं कम्पनी हुवावेले आफ्नो टेण्डरमा तीन अर्ब पच्चीस करोडमै देशव्यापी रुपमै फोर जी सेवा विस्तार गर्ने स्पष्ट प्रस्ताव राखेको स्रोतले खुलासा गरेको छ । अनि २० अर्ब, २५ अर्ब वा ३१ अर्ब खर्च गर्ने राजभण्डारी र ठाकुरको यत्रो प्रपञ्च केका लागि हो ? टेलिकमका इमानदार कर्मचारीको प्रश्न छ । अनि उनीहरु आफैं भन्छन् – यो सबै यी दुईजनाको फोर जीका नाममा अर्बौं कमाएर टेलिकमलाई ध्वस्त बनाउने खेल हो ।
टेलिकमका इमानदार कर्मचारीहरु राजभण्डारी र ठाकुरलाई यसरी चेतावनी दिन्छन्— तपाईंहरु होस गर्नुस्, अहिले पैसाको खोलो बगाएर आफूलाई जोगाउन सफल भए पनि भविष्यमा सजायबाट कसैले बचाउन सक्दैन ! फोरजी सेवाको विस्तारका नाममा ३१ अर्बको टेन्डर प्रक्रिया पूरा भएर सेवा सञ्चालन गर्दासम्म करिब साढे एक वर्ष लाग्ने टेलिकमकै प्राविधिकहरुले बताए । सन् २०२० सम्म फाइभजी सञ्चालन भएपछि नेपालमा फाइभजी सेवा सञ्चालन गर्नुपर्ने र नेपाली सेवाग्राही सो सेवातर्पm आकर्षित हुने टेलिकम कर्मचारीहरुकै भनाइ छ । उनीहरुका अनुसार नेपाल टेलिकमको फोरजी सेवा त्यति बेला निरर्थक भइसकेको हुन्छ । त्यस अवस्थामा टेलिकमले ३१ अर्बको लगानी उठाउनै नसक्ने र यति ठूलो घाटा हुँदा टेलिकम धराशायी हुनेछ । यसको सम्पूर्ण जवाफदेही असक्षम राजभण्डारी र नालायक एवं महाभ्रष्ट कहलिएका ठाकुरको हुने टेलिकम कर्मचारीहरुको भनाइ छ । ती कर्मचारीका अनुसार ठाकुर काठमाडौंको नक्साल, बालुवाटार तथा गैरीधारा आसपासका विभिन्न रेष्टुरेन्टमा मादक पदार्थ सेवन गरी मातिएर जथाभावी व्यवहार गर्ने गरेको र आपत्तिजनक अवस्थामा युवतीहरुसँंग भेट्ने गरेका छन् । मात्तिएको अवस्थामा कयौं पटक ठाकुरलाई उनका आसेपासे तथा चाकडीबाज केही सप्लायरले घरसम्म लगिदिएको उनी निकट कर्मचारीले बताए । ठाकुरको सुरासुन्दरीप्रतिको आकर्षणका कारण उनलाई विभिन्न शारीरिक समस्यासमेत आइलागेको आशंका ठाकुरनिकटकै स्रोतले व्यक्त गरेको छ । हालै ठाकुरले बालुवाटारस्थित रेष्टुरेन्टमा एक युवतीसँंग आपत्तिजनक व्यवहार गरेपछि युवतीले अपमानित गर्न लाग्दा सँंगै रहेका सहकर्मीले जोगाएको स्रोतले बताएको छ । यस्तो नालायकको इसारामा राजभण्डारीले सबै अनियमित कार्य गरिरहेको हुँदा देशको अर्थतन्त्रलाई ठूलो टेवा दिन सक्षम टेलिकम दिनहुँं करोडौं घाटामा गइरहेको स्रोतको दाबी छ । यही अवस्था रहे चाँंडै नै टेलिकम हेटौंडा कपडा उद्योग, जनकपुर चुरोट कारखानाजस्तै ध्वस्त हुने टेलिकमकै इमानदार कर्मचारीको टिप्पणी छ । राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको भ्रष्ट प्रवृतिले गर्दा टेलिकम प्रति महिना करोडौं रुपैयाँं घाटामा गइरहेको ती कर्मचारीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निकट भविष्यै पदभार सम्हाल्ने प्रमुख आयुक्तले टेलिकमको घोटालालाई गम्भीरतापूर्वक लिएर राजभण्डारी र ठाकुरलाई सजाय दिने विश्वास टेलिकमका इमानदार कर्मचारीले व्यक्त गरे । टेलिकमका इमानदार कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नं. ७२६० मिति २०७३÷०६÷१०, दर्ता नं. ९५०१ मिति २०७३÷०७÷२३, दर्ता नं. १०३५६ मिति २०७३÷०८÷१२, दर्ता नं. ११५४७ मिति २०७३÷०९÷०६ र दर्ता नं. १५१०७ मिति २०७३÷११÷०८ मा टेलिकम भित्रको अनियमितताको भण्डाफोर गर्दै उजुरी दिएको बताएका छन् ।
उपरोक्त समाचारका सम्बन्धमा राजभण्डारी र ठाकुरसँंग पनि जानकारी लिन पूरा समाचार डट कमले सम्पर्क राख्न गरेको प्रयास सफल हुन सकेन । पूरा समाचार डट कमको नेपाल टेलिकम वा त्यहाँका कुनै पनि पदाधिकारीसँग कुनै आग्रह–पूर्वाग्रह छैन । तर त्यहाँं भइरहेका र हुने आर्थिक अनियमितताबारे खुलासा गर्न यस अनलाइनले नजिकबाट अध्ययन अनुसन्धान र विश्वस्त स्रोतबाट खोजी कार्य जारी राखेको छ । नेपाल टेलिकम देशको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्छ तर राजभण्डारी र ठाकुरका अनियमिताका कारण यो धराशायी बन्दै गएको बारे हाम्रो विश्वस्त स्रोतले निरन्तर खुलासा गर्दै आएको छ । देशको अर्थतन्त्रलाई बलियो टेवा दिन सक्षम नेपाल टेलिकमलाई ध्वस्त बनाउने गतिविधि टुलुटुलु हेर्न नमिल्ने कुरा आत्मसात गरेर पूरा समाचार डट कमले विश्वस्त स्रोतबाट प्राप्त समाचार सम्प्रेषण गरिरहेको मात्र हो । टेलिकममा सर्वसाधारणका रगत–पसिना बगाएर कमाइ गरेको अर्बौं रकम रकमम ब्रम्हलुट गर्नेको भण्डाफोर गर्न हामी हर समय तत्पर छौं, यसमा कुनै पनि चुनौती आए हामी पछाडि हट्ने छैनौं ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon