Sunday September 15, 2019 |

काङ्ग्रेस केन्द्रीय समिति बैठक बिहीबार

featured-news

काठमाडौँ, ११ भदौ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबारका लागि बोलाइएको छ ।

बिहीबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आज केन्द्रीय समिति बैठक नबसे पनि केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । सो बैठक पार्टीको दोस्रो चरणको अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनमा केन्द्रित रहेको उहाँले बताउनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon